बद्यैपक्षहरु चुनावमा सहभागी नभए पनि चुनाव हुन्छः प्रचण्ड

४ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा–माओवादी नआएपनि मंसिर ४ को चुनाव नरोकिने बताउनु भएको छ ।

काठमाडौमा मंगलबार मनाङबासीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले केही दल सहमतिमा आइसकेको भन्दै नेकपा–माओवादी चुनावमा नआएपनि मंसिर ४ मै चुनाव हुने बताउनु भएको हो । उहाँले आफ्नो मुख्य एजेण्डा संविधानसभा चुनाव र आर्थिक रुपान्तरण भएकाले शंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टीले चुनावी गतिविधि तीब्र पारेको भन्दै पुनः असोज महिनाभरि थप कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले मधेशमा पार्टीको अभियान तीब्र पारेका कारण आफूहरुको बहुमत आउने दाबी गर्नुभयो । मुलुकको आर्थिक रुपान्तरणका लागि चीन र भारतको सहयोगबाट अगाडि बढ्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...