बर्डफ्लुका कारण काठमाडौँलाई पनि संकटग्रस्त क्षेत्र घोषणा

१ भदौ । काठमाडौंका केही गाविस र कीर्तिपुर नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।


कीर्तिपुर नगरपालिका तथा चाल्नाखेल, मच्छेगाउँ, थानकोट, मातातीर्थ, सतुंगल, दहचोक, महादेवस्थान, बाँडभन्ज्याङ र पूरानो नैकाप क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ अनुसार संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा र कुखुराजन्य पदार्थ सबै नष्ट गर्ने निर्णय भएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संकटग्रस्त क्षेत्र घोषणासंगै नागढुंगा र फर्पिङ नाकाबाट पन्छी, अण्डा तथा सुलीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।
कृषि मन्त्रालयले बर्डफ्लूको संक्रमण फैलिन नदिनका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न सहयोगका लागि सबै सरोकारवालालाई आग्रह गरेको छ ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...