नोभाक जोकोभिच र नाडाल टेनिसको सेमीफाइनलमा प्रवेश

२६ साउन । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच र स्पेनी राफेल नाडाल जारी एटिपी रोजर्स कप टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

गएराती भएको पहिलो क्वाटर फाइनल खेलमा सर्बियाली नोभाक जोकोभिचले फ्रान्सेली रिचार्ड ग्यासकुइटलाई ६—१ र ६—२ को सोझो सेटमा पराजित गदै अन्तिम चारको स्थान तय गरेका हुन् । त्यस्तै, अर्को खेलमा स्पेनी राफेल नाडालले अस्ट्रेलियाका मारिन्को मटोसेभिकलाई ६—२ र ६—४ को सेटमा जित दर्ता गराउदै अधिल्लो चरणको यात्रा तय गरे ।

गएरातीनै सम्पन्न खेलमा क्यान्डाका मिलेस रावनिकले लातभियाका इर्नेस्ट गुल्बिसलाई ७—६, ४—६ र ६—४ को सेटमा हराउदै सेमिफाइनलको यात्रा तय गरेका छन । रसियाका निकोलय डेभिडेन्कोले वाक ओभर दिएपछि क्यानडाका भि पोस्पिसिल सिधै अन्तिम चारमा प्रवेश गरेका छन ।

गएराती सम्पन्न महिला एकलतर्फको क्वाटरफाइनल खेलमा अमेरिकी सेरेना विलियम्सले स्लोभाकियाकी माग्देलाना राइबारीकोभालाई ६—१ र ६—१ को सेटमा तथा पोल्याण्डकी अग्नेस्का राडवान्स्काले इटालीकी सारा इर्रानीलाई ७—६ र ७—५ को सेटमा पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेका छन ।

चिनकी लिनाले स्लोभाकियाकी डोमिनिका किबुलकोभालाई ७—६ र ६—२ को सेटमा हराइन् । चेक रिपब्लिककी पेट्रा किभिटोभा भने रोमानियाकी सोराना क्रिस्टियासंग ६—४, ५—७ र ६—२ को सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी छिन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...