१४ भदौ । अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा जित हासिल गरेको छ ।
आरोनले टी–२० कीर्तिमानी एक सय ५६ रन बनाएपछि साउथ ह्याम्पटनमा भएको खेलमा अष्ट्रेलिया ३९ रनले विजयी भएको हो ।
फिन्चले ६३ बलको सामना गर्दै १४ छक्का र ११ चौकाको मद्दतले कीर्तिमान रचेका हुन् । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट गुमाएर दुई सय ४८ रनको योगफल बनायो ।
जवाफमा इंग्ल्याण्डले ६ विकेटको क्षतिमा दुई सय ९ रनमात्र जोड्न सक्यो । जो रुटले आकर्षक इनिङ खेल्ने क्रममा ४९ बलमा ९० रन जोडे पनि टिमलाई हारबाट भने बचाउन सकेनन् ।
यो जितसँगै खराव लयबाट गुज्रिएको अष्ट्रेलियाले पछिल्लो २ सय दिनमा पहिलो विजय हासिल गरेको छ ।
जितसँगै अष्ट्रेलियाले दुई खेलको श्रृंखलामा १–० ले अग्रता लिएको छ । दोस्रो खेल भोलि हुनेछ ।
यसअघि भएको पाँच खेलको एसेज टेष्ट क्रिकेटमा भने अष्ट्रेलिया ३–० ले पराजित भएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment