१० भदौ । नेपालगञ्जको सिमा क्षेत्रबाट एक जना नेपालीलाई विष्फोटक पदार्थसहित सीमा सुरक्षाबलको टोलीले सोमबार विहान पक्राउ गरेको छ ।
नेपालगञ्जको भारतीय नाका रुपईडिहाहुँदै नेपाल भित्रिने बेलामा चेकजाँचका क्रममा जाजरकोट रिम्ना– ९ का १८ वर्षिय विकास शाही पक्राउ परेका हुन् ।
पक्राउ परेका शाहीकोसाथबाट १५ थान विस्फोटक सामाग्री र २० थान इलेक्ट्रोनिक डेटोनेटर बरामद गरिएको छ । भारतको उतराखण्डस्थित हिमाञ्चल प्रदेशमा काम गरेर घर फर्किरहेका शाहीले आफुसँगै काम गर्ने प्रविण शाहीले आफुलाई सो सामाग्री घर पु¥याइदिन लगाएको प्रतिक्रिया दिए ।
बरामद गरिएको विष्फोटक पदार्थ विशेष गरी चट्टान फोड्ने कार्यमा प्रयोग गरिन्छ । पक्राउ परेका शाहीलाई आवश्यक कारवाहीका लागि रुपैडिया थाना लगिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सीमा सुरक्षा बलबाट एक नेपाली विष्फोटक पदार्थसहित पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment