उच्चस्तरीय समितिले नेकपा–माओवादीलाई पाखा लगाउन खोजेको बैद्यको आरोप

२५ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले उच्चस्तरीय राजनीतिक समितिले आफूहरुलाई पाखा लगाउने षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।

ललितपुरमा राष्ट्रिय कर्मचारी संगठनको प्रथम महाधिवेशनमा अध्यक्ष बैद्यले समितिमा रहेका दल नै वार्ताप्रति सकरात्मक नदेखिएको भन्दै आफूहरुलाई पाखा लगाउन षडयन्त्र गरिरहेको बताउनु भएको हो । उहाँले वार्ताबाट तीन दिनभित्र सहमति हुन्छ भनेर झुक्याउन खाजेको आरोप लगाउनुभयो ।

अध्यक्ष बैद्यले लोकतन्त्र र विधिको शासनका कुरा गर्ने दलले विदेशी इसाराबाट काम गर्न नछोडेको टिप्पणी गर्नुभयो । उहाँले आफुहरुले वार्तामा राखेका सरकार बिघटन, ११ बुदे सहमति, २५ बुदे बाधाअड्काउ फुकाउ र मंसिर ४ को चुनावी मिति खारेजी लगायतका १८ बुदे मागमा सहमति भए चुनावमा जान तयार रहेको बताउनुभयो ।

अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिसँग वार्तालाई सार्थक बनाउन आफुहरु लागेको बताउनुभयो । बहिष्कार र वार्ताको काम सँगसँगै अगाडी बढाएको तर दमन गरेर जान खोजे आन्दोलनको लहर सिर्जना गरेर जनताको अधिकार स्थापित गर्ने अध्यक्ष बैद्यको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...