१० क्रिकेट खेलाडीले निशुल्क अध्ययनका साथै राष्ट्रियस्तरको प्रशिक्षण पाउने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१० क्रिकेट खेलाडीले निशुल्क अध्ययनका साथै राष्ट्रियस्तरको प्रशिक्षण पाउने

Share This
१२ भदौ । कैलालीका १० जना क्रिकेट खेलाडीले निःशुल्क अध्ययन र राष्ट्रियस्तरको प्रशिक्षण पाउने भएका छन् ।
काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजले उनीहरुलाई निःशुल्क शिक्षाका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षणको अवसर दिलाउने भएको हो । कलेजले मुलुकका पाँचवटै विकास क्षेत्रबाट ४० जना क्रिकेट खेलाडीलाई यस्तो अवसर दिलाएको छ । धनगढी क्रिकेट एकेडेमीको सहयोगमा कलेजले बुधबार धनगढीमा छनोट कार्यक्रम गरेको छ । छनोटमा न्यूरिन अन्सारी, ललित बम, सौरभ बम, सञ्जय पन्त र बिराट मल्ल परेका छन् । यसगरी रोमन बम, प्रकाश सिंह, कुवेर शाह, बल्लभ दाहाल र वीरेन्द्र शाही पनि निःशुल्क अध्ययन र प्रशिक्षणका लागि छानिएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here