संविधानसभा चुनाव तोकिएकै समयमा सम्पन्न हुन्छः प्रचण्ड

३ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसमभा चुनाव तोकिएकै समयमै सम्पन्न हुने दाबी गर्नुभएको छ ।

धनुषाको बरमझियामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको वार्ता सहमतिमा टुंगिसकेको र नेकपा माओवादीसित सकारात्मक रुपमा वार्ता अगाडि बढिरहेकोले निर्धारित मितिमै चुनाव हुने दाबी गर्नुभएको हो ।

उहाँले चीन र भारतको भ्रमण गर्दा दुवै देशले संविधान सभा चुनावपछि विकास निर्माणका लागि थप सहयोग गर्ने दृढता ब्यक्त गरेकाले निर्धारित समयमै चुनाव गराउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले चुनावपछि गठन हुने संविधानसभाले एक वर्षभित्र संबिधान निर्माण गर्ने दाबी गर्नुभयो । उहाँले संविधान सभामा ५ महिनासम्म सहमतिको लागि पर्खिने सहमति नभए छैटौं महिनामा मतदान गरेरै एकवर्षभित्र संबिधान निर्माण गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...