बलात्कारको आरोपमा इलाममा दुई जना युवालाई प्रहरीको नियन्त्रणमा लियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बलात्कारको आरोपमा इलाममा दुई जना युवालाई प्रहरीको नियन्त्रणमा लियो

Share This
५ भदौ । बलात्कार गरेको आरोपमा इलामको पशुपतिनगर र प्याङ्ग गाविसबाट दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नौ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्याङ्गबाट १८ बर्षिय दिनेश चाम्लिङ्ग राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कविन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
यस्तै इलाम पशुपतिनगर ५ बस्ने ३५ बर्षका चन्द्र सुनुवार पनि बलात्कारको आरोपमा पक्राउ परेका छन् । सुनुवारले सोहि स्थानकी १७ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरि जवरजस्ती करणी सम्बन्धि मुद्धा दर्ता गरी कानुनी प्रकृया अघि बढाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here