१ भदौ । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच र बेलायती एन्डी मुर्रे जारी सिन्सीनाटी ओपन टेनिसबाट बाहिरिएका छन । गएराती भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा सर्बियाली नोभाक जोकोभिच अमेरिकी जोन इस्नरसंग ७—६, ३—६ र ७—५ को सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
जितपछि अमेरिकी जोन इस्नर भने सेमिफाइनलमा प्रवेश गरेका छन । त्यस्तै, गएराती नै भएको अर्को क्वाटरफाइन खेलमा चेक रिपब्लिकका टोमास बर्डिचले बेलायती एन्डी मुर्रेलाई ६—३ र ६—४ को सेटमा पराजित गरे । त्यस्तै स्पेनी राफेल नाडालले स्विस रोजर फेडेरर्लाई ५—७, ६—४ र ६—३ को सेटमा पाखा लगाउदै अन्तिम चारको यात्रा तय गर्न सफल भएका छन ।
अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोले रसियाका डिमिट्री तुर्सुनोभलाई ६—४, ३—६ र ६—१ को सेटमा हराउदै सेमिफाइनलको यात्रा तय गरे । अब फाइनल प्रवेशकालागी स्पेनी नाडल्ले टोमास बर्डिचको तथा अमेरिकी जोन इस्नर र अर्जेन्टिनी डेल पोर्टोविच प्रतिस्पर्धा हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment