टावरमा खरावी आएपछि सल्यानका १२ बढी गाविस सञ्चारविहीन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

टावरमा खरावी आएपछि सल्यानका १२ बढी गाविस सञ्चारविहीन

Share This
५ भदौ । सल्यानको पश्चिमी क्षेत्रका करिब १२ वटाभन्दा बढी गाविस एक महिनादेखि सञ्चारविहीन भएका छन् ।
बनगाडको तारुपरे डाँडामा रहेको सिडिएमए फोनको टावरमा खराबी आएपछि सल्लीबजार, बनगाडलगायतका गाविस सञ्चारविहीन भएका हुन् ।
फोनमा खराबी आएपछि आफूहरुले पटक-पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । स्काई टेलिफोन अवरुद्ध भएको जानकारी नेपाल टेलिकममा गराएको भए पनि यसको कुनै सुनुवाइ नभएको देवस्थलका शिक्षक शेखर यरीले बताउनुभयो ।

सम्बन्धित पक्षले एक महिनासम्म पनि फोन बनाउन ध्यान नदिँदा गाविसका उपभोक्ता मर्कामा परेको भन्दै तुरुन्त फोन सञ्चालन गर्नुपर्ने स्थानीय उपभोक्ताको भनाइ रहेको छ ।

यता नेपाल टेलिकम सल्यानले भने तारुपरे डाँडामा रहेको रेडियो लिङ्कमा आएको खराबी हटाउन त्यसतर्फ प्राविधिक खटिसकेको र तत्काल मर्मत गरी फोन सञ्चालन गर्ने बताएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here