सुदूरपश्चिमका जिल्लामा गौरा पर्वको रौनक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सुदूरपश्चिमका जिल्लामा गौरा पर्वको रौनक

Share This
१२ भदौ । सुदूरपश्चिमका ९ वटै जिल्लामा गौरापर्व धुमधामका साथ मनाइँदैछ ।
गौरा पर्वका अवसरमा सप्तमीका दिन व्रत बसेका विवाहित महिलाहरु गौरापूजन गर्ने ठाउँमा गई फाग गाउंदै नयाँ धागो लगाउंने प्रचलन रहेको छ । यसलाई दुबधागो भनिन्छ । सप्तमीका दिन भित्र्याइएको गौराको प्रतिमा अष्टमीका दिन बाहिर निकाली पूजा गर्ने प्रचलन रहेको छ ।
पञ्चमीका दिन पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाई पन्चबिरुडा भिजाएर गौरा पर्व सुरु भएको हो । उक्त विरुडाले अष्टमीका दिन अर्थात आज बुधबार श्रीमान तथा सन्तानको पूजा गरी महिलाहरुले सुख समृद्धिको कामना गर्छन् ।गौरा पुजन गर्ने ठाउंमा देउडा, चैत र धुमारी गाएर नाचगान गर्ने गरिन्छ ।
विशेषगरी सुदुरपश्चिमको बाजुरा, डोटी, अछाम, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, कैलालीलगायतका जिल्लामा गौरा पर्व मनाउने परम्परा रहेको छ । यसैबीच गौराका अवसरमा जिल्ला बाहिर रहेका अर्थात काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमका बासिन्दाले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएका छन् । गौरामा उनीहरुले आफन्तजन, इष्टमित्रहरुसँगको भेटघाट गर्नुकासाथै देउडा खेलेर मनोरञ्जन लिने गर्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here