१७ साउन । सरकारले काठमाडौँ उपत्यकामा विहीबारदेखि कुखरा र कुखुराजन्य पदार्थ किनबेचमा रोक लगाएको छ ।
उपत्यका एक दर्जनभन्दा बढी ठाउँमा बर्डफ्लु देखिएपछि सरकारले सात दिनसम्म विक्री वितरण रोक लगाएको हो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले किनबेच रोक्ने निर्णय लिने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यसैबीच आज बिहानदेखि भक्तपुरमा रहेका कुखुरा फार्ममा नष्ट गर्ने काम सुरु भएको छ । भक्तपुर नखेलका २ र बागेश्वरीका एउटा कुखुरा फर्ममा रहेका कुखुरा नष्ट गर्ने काम भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँ उपत्यकामा कुखुराको मासु वेचविखनमा रोक
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment