राप्रपा नेपालको बन्दसत्र शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

राप्रपा नेपालको बन्दसत्र शुरु

Share This
११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राष्ट्रिय सम्मेलनअन्तर्गत मंगलबार बन्दसत्र सुरु भएको छ ।
सात वटा उपसमूहमा विभाजन गरेर क्षेत्रगत आधारमा संयोजकमार्फत बन्द सत्रमा सुझाउ लिने व्यवस्था मिलाइएको पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बन्दसत्रमा खासगरी पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, आगामी संविधानसभाको निर्वाचन, उम्मेदवारको चयन, आर्थिक स्रोत परिचालन र घोषणापत्र तयारीका विषयमा केन्द्रित रहेर प्रतिनिधिले सुझाउ दिने र धारणा राख्ने क्रम चलिरहेको छ ।
पार्टीका अध्यक्ष थापाले हिजो राजधानीमा उद्घाटन गर्नु भएको सो तीन दिने सम्मेलनमा केन्द्रीय सदस्य, पार्टीका सबै जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव, केन्द्रीय कार्य सम्पादन विभाग मातहतका समितिका पदाधिकारी, सम्पर्क मञ्च र भ्रातृसङ्गठनका प्रमुखले बन्दसत्रमा भाग लिइरहनुभएको छ ।
बन्दसत्रमा प्राप्त सुझाउलाई समेटेर राप्रपा नेपालले आगामी निर्वाचनका लागि रणनीति बनाउनुका साथै भोलि घोषणासभामार्फत आफ्ना भावी कार्यक्रम सार्वजनिक गरिने सूचना संयोजकको समेत जिम्मेवारी सम्हाल्नु भएका केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here