विमानस्थलमा पंक्षीबाट हुने खतराका विषयमा कार्यशाला गोष्ठी

३२ साउन । विमानस्थलमा पंक्षीबाट हुने खतराको व्यवस्थापन सम्वन्धी दुई दिने अन्र्तराष्ट्रिय कार्यशाला गोष्ठी काठमाडौंमा सुरु भएको छ ।

विमानस्थलमा पक्षीबाट खतरा हुने गरेकाले यसको व्यवस्थापन वारे छलफल गर्न उड्डयन प्राधिकरणले कार्यशाला गोष्ठी गरेको हो । गोष्ठीको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले विमानस्थलको सुरक्षाका लागि सरकारले अल्पकालीन र दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विमानस्थलका महानिर्देशक रतिशचन्द्रलाल सुमनले त्रिभुवन बिमानस्थल लगायत अन्य विमानस्थल वरपर दिन प्रतिदिन बढ्दै गएको अव्यवस्थित बसोवास र फोहोरले विमानस्थल सुरक्षामा चुनौती बढ्दै गएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...