सुविसु क्यान सफ्टेकको तयारी पूरा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सुविसु क्यान सफ्टेकको तयारी पूरा

Share This
१४ भदौ । कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान)को आयोजनामा हुन लागेको सुविसु क्यान सफ्टेक २०१३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा विकसित नयाँ प्रविधिको बजार प्रबद्र्धन गराउने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएका छन् । मेलामा शिक्षा, कम्प्यूटर सुरक्षा, बैकिङ, सूचना व्यवस्थापन, इन्टरनेट सेवा, केवल तथा डिस टेलिभिजन सम्बन्धी १ सय २० वटा अवलोकन कक्ष राखिनेछन् । मेलाका अवसरमा नेपाल टेलिकम, सुविसु, डिस होम लगायतले नयाँ सेवा र सहुलियतमा सेवा प्रदान गर्ने बताइएको छ ।

मेलाको प्रमुख आकर्षणको रुपमा मानव शरीरभित्र र बाहिर रहेको उर्जा शक्तिको किरण मापन गर्ने कम्प्यूटर सफ्टवेयर रहने बताइएको छ । मेला भाद्र १९ देखि २२ गतेसम्म काठमाडौंका भृकुटीमण्डपमा हुँदैछ । क्यानले विगत पाँच वर्षदेखि मेलाको गर्दै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here