१८ वटा सिमेन्ट उद्योगको उत्पादन रोक

५ भदौ । गुणस्तरहीन सिमेन्ट उत्पदान गर्दै आएको जगदम्बा र बुटवल मिलस प्रालिले उत्पादन तथा विक्री गर्न नपाउने भएका छन्। त्यस्तै नेपाल गुणस्तर चिन्हबिना नै उत्पादन गरिरहेका चौरी ग्रुपसहितका १६ सिमेन्ट उद्योगको उत्पादन पनि निषेध गरिएको छ ।

जगदम्बाको पिएससी सिमेन्ट र वुटवलको ओपिसी सिमेन्ट कमसल भएको पृष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मंगलबारदेखि उत्पादन तथा विक्रीमा रोक लगाएको छ। यी दुई उद्योगबाट उत्पादित सिमेन्टको बलियोपन नभएको विभागले जनाएको छ।

कारबाहीमा परेका सिमेन्ट उद्योगहरू

जगदम्बा ,बुटवल,सिजी,मारूती, रोल्पा, अरनिको (एडभान्स), अरनिको आबुखैरेनी, घोराही सगरमाथा, इन्टरनेशनल, एमजेपी, कैलाश, स्टार, कृष्ण, केपी, श्री, ओम, इस्टर्न कसमस (तेज र पूर्वेली) ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...