हेटौँडा नगरपालिकाको दुई दशकको बेरुजु रकम ४ करोड रुपैयाँ


३० साउन । हेटौँडा नगरपालिकाको पछिल्लो दुई दशकको बेरुजु रकम ४ करोड रुपैंयाँ पुगेको छ । नगरपालिकाले आर्थिक वर्ष ०६९÷०७० को बार्षिक समीक्षा गर्दै ४ करोड २४ लाख रुपैँयाँ पेश्की फछ्र्यौट हुन बाँकी रहेको जनाएको हो ।

२०५० सालभन्दा अघिदेखिको बेरुजु फछ्र्र्यौट हुन नसकेको नगरपालिकाले जानकारी दिएको छ । कूल बेरुजुमध्ये नगरपालिकाले आर्थिक वर्ष ०६९÷०७० मा ४५ दशमलव आठ आठ प्रतिशत पेश्की फछ्र्यौट गरेको छ ।

पेश्की फछ्र्यौट नगर्नेमा उपभोक्ता समिति, सामाजिक संस्था, विद्यालय, सरकारी कार्यालय, पूर्व जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी समेत रहेका छन् । नाम चलेका सरकारी तथा निजी तथा सामाजिक संस्थाहरु फछ्र्यौटमा उदासीन देखिएको नगरपालिकाले बताएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...