चुनावका विषयमा अनावश्यक शंका नगर्न प्रचण्डको आग्रह

३२ साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मसिर ४ गतेका लागि घोषित दोस्रो सविधानसभा निर्वाचन कुनै हालतमा पछि नसर्ने बताउभएको छ ।


क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुनेमा शंकान नगर्न सबैलाई आग्रह गर्नुभयो ।
निर्वाचन पछि सार्ने कुरा कल्पनासमेत गर्न नसकिने भन्दै उहाँले त्यस सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचार निराधार रहेको स्पष्ट पार्नुभयो । उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग बिहीबार भएको सहमतिले निर्वाचनको वातावरण बनेको उहाँको भनाइ छ ।

निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । वैद्यसँग आफ्नो अनौपचारिक छलफल भइरहेको जानकारी दिँदै प्रचण्डले निर्वाचनमा सहभागी नभए वैद्य समूहलाई ठूलो हानी पुग्ने चेतावनी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...