४ भदौ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले तीन साताको अवधिमा १ सय ५ जना लागु औषध दुव्र्यसनीहरुलाई कारबाही गरेको छ ।
महोत्तरी प्रहरीका लागि सूरक्षाको क्षेत्रमा लागु औषध दुव्र्यसनीहरु नै ठूलो समस्या भएको औंल्याउँदै कुलतमा लागेका युवाहरुलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याउन थालेका छन् । जिल्लाको भारतीय सीमानासंग जोडिएका सदरमुकाम जलेश्वर, मटिहानी, सम्सी, खैरबनी, बथनाहा, नैन्ही, मनरा तथा भित्री जिल्लाका बर्दिबास, औरही, सरपल्लो लगायतका लागु औषध विक्री वितरणका केन्द्र मानिएका ठाउँहरुमा अहिले लागु औषध सेवन गर्ने प्रत्येक युवाहरुलाई प्रहरीले समात्दै कारबाही गर्न थालिएको कुरा प्रहरी निरीक्षक नेत्र वहादुर बरुवालले बताउनुभएको छ ।
प्रहरीको गश्ती टोलीहरुले अहिले विगत तीन सातादेखि भारतको भिटठामोड, परिहार, सिरसिया, मधवापुर, सुरसण्ड लगायतका शहरहरुबाट लागु औषध करेक्स, नाईटोभेट, स्पास्मो प्रोक्सिभन, गाँजा खाएर आउने प्रत्येक युवाहरुलाई समातेर कारबाही गरिरहेका छन् ।
प्रहरीले दैनिक रुपमा ५ देखि ७ जना युवाहरुलाई विभिन्न चेकप्वाईन्टबाट समातेर ल्याई उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी निजहरुका अभिभावकहरुलाई बोलाएर पुनः लागु औषध सेवन नगर्ने शर्तमा २४ घण्टा पछि छाडिने गरेको कुरा प्रहरी निरीक्षक बरुवालले बताउनुभयो ।
प्रायः १५ देखि २२ वर्ष सम्मका युवाहरु बढी लागु औषध सेवन गरेको रुपमा समातिने गरेको बताउनुहुँदै महोत्तरीका प्रहरी उपरीक्षक राम प्रसाद श्रेष्ठले समातिने गरेका युवाहरुलाई निजहरुको बानीबेहोरा, चालचलन र संगत तथा संलग्नता पुनः लागु औषध सेवनमा देखिएका कडा कारबाही गरिने सर्तमा अभिभावक बोलाएर जिम्मा लगाउने गरेको बताउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

तीन साताको अवधिमा १०५ जना दूव्र्यसनीहरुलाई कारबाही
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment