एसेस क्रिकेटमा अष्ट्रेलियाबाट ३ सय २१ रनको अग्रता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एसेस क्रिकेटमा अष्ट्रेलियाबाट ३ सय २१ रनको अग्रता

Share This
२१ साउन । जारी एसेस टेस्ट श्रीङखलाको तेस्रो टेस्टमा इंग्ल्याण्ड बिरुद्ध अस्ट्रेलियाले ३ सय २१ रनको अग्रता लिएको छ ।
म्यानचेस्टरमा चौथो दिनको समाप्ती पुर्व दोस्रो इनिङ सुरु गरेको अस्टेलियाले ७ विकेटको नोक्सानीमा १ सय ७२ रन जोड्यो । अस्ट्रेलियाकालागी डेभिड वार्नरले ४१ रनको योगदान दिएका थिए । त्यस्तै इंग्ल्याण्डका बलर जेम्स एन्डर्सन र टिम ब्रेसन्नले समान दुई—दुई विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङमा इंग्ल्याण्डले ३ सय ६८ रनमा सबै विकेट गुमाएको थियो । इंग्ल्याण्डकालागि केभिन पिटरसनले १ सय १३ रन बनाउँदा एलेस्टर कुकले ६२ रन जोडे । बलीङ तर्फ अस्ट्रेलियाका पिटर सिडलले ४ तथा मिचेल स्टार्कले ३ विकेट लिए । यसअघि सम्पन्न दुई टेस्टमा जित दर्ता गराएको इंग्ल्याण्डले ५ खेलको श्रींखलामा दुई—शुन्यको अग्रता लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here