बोक्सीको आरोपमा श्रीमानबाटै यातना पाइन एक महिलाले - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बोक्सीको आरोपमा श्रीमानबाटै यातना पाइन एक महिलाले

Share This
२२ साउन । बोक्सीको आरोपमा श्रीमानले श्रीमतीलाई चरम यातना दिएको घटना काठमाडौंमै देखिएको छ ।
स्वयम्भुका विश्वरत्न शाक्यले बोक्सीको आरोपमा आफ्नै श्रीमती प्रमिला शाक्यलाई यातना दिएका छन । विश्वरत्न शाक्यले आफ्नै बहिनी तुलसी शाक्य र चम्पा शाक्यको लहलहैमा लागेर बिगत तिन वर्षदेखि यातना दिदै आएको खुलेको छ ।

गत सोमवार बिश्वरत्नले मार्ने धम्की दिएपछि प्रमीला शाक्य भागेर माइतीको शरणमा आएकी थिइन् । प्रमिलाका दाई सरोज र भाउजु अमिता शाक्यको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त वालाजुले विश्वरत्न शाक्य र उनका दुई बहिनीलाई नियन्त्रणमा लिएको छ ।
बिगत १४ वर्षदेखि बोक्सीको आरोप खेप्दै आएकी प्रमिलाले श्रीमान लगायत घरपरिवारले मानसिक तनाव दिदै आएको बताइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here