मेलमिलाप मै टुङ्गीयो बुढीनन्दा घटना, मन्दिरमा खुला प्रवेश गर्ने सहमति

कृष्ण अविरल
१५ भदौ । जातिय सवालको निकै चर्चाको विषय बनेको बुढीनन्दा घटना अन्ततः मेलमिलापमा टुङ्गीएको छ । जातिय आन्दोलनलाई स्थापीत गर्न ठुलो मसाला बनाएर न्यायको खोजिमा लागेका दलित अगुवाहरु सामाजिक समबन्धलाई कायम गर्न सहमत देखिएपछि घटना मेलमिलापमा टुङ्गीएको हो ।

मन्दिर प्रवेशमा रोक लगाउँने बुढीनन्दा घटनामा संलग्न पुजारी श्रीलाल बोहरा र प्रहरी निरीक्षकले आगामी दिनमा यस्तो घटना नदोहोर्याउने प्रतिवद्धता सहित सार्वजनिक रुपमा माफी मागेपछि सहमति गरिएको दलित अगुवा विनोद विकले बताउनु भएको छ । सामाजिक सद्भाव, आपसी सम्बन्ध र धार्मिक अधिकारको विषयलाई लिएर सबैको सर्वसहमतिमा मिलापत्र गरेका विकले बताउनु भयो ।

सहमति पुजारी श्रीलाल बोहरा, प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्द्र प्रहरी जवान जनक विक दलित अगुवा सबैको रोहवरमा लिखित रुपमै गरिएको छ । दलित अगुवाहरुले सोमबार मात्र सुरक्षार्थ खटिएका प्रहरी जवान जनक विकलाई दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाएर अमानवीय व्यवाहार देखाई फिर्ता पठाएको भन्दै पुजारी श्रीलाल बोहरा र प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्द्र विरुद्ध उजुरी दिने बताएका थिए ।

अपमानित बनेका जवान जनक विकले बयान फेर्ने र एक्लै बुढा पुजारीलाई मात्र दोष लगाउन थालेपछि मिल्नुको विकल्प रहेन त्यसैले मेलमिलाप गरियो, घटना मिलाउन सक्रिय एक अगुवाले बताउनु भएको छ । घटना कानुनी प्रक्रियामा नगई सहमितमा टुङ्गीएपछि ६ दिन देखि प्रहरी नियन्त्रणमा रहेका पुजारी तनाव मुक्त भएका छन् ।

उमेरले ७० वर्ष पार गरेका पुजारीले कमजोरी भएकाले मागी दिन भन्दै यस्तो कमजोरी नगर्ने सबैको सामु बताएका छन् । उनले आजै दलितलाई टिका ग्रहण गरी बुढीनन्दामा अवरोध नगर्ने बताउनु भएको छ । घटनामा संलग्न प्रहरी सहायक निरीक्षकले पनि बाध्यात्मक परिस्थितिमा गरेकोले यस्तो नदोहोर्याउने बताउनु भएको छ ।

यता प्रमुख जिल्ला अधिकारी धुब्रराज जोशीले पनि आपसी सम्बन्ध नबिगार्ने गरी सहमति गर्छन, भने त्यसैका आधारमा अघि बढने बताउनु भएको छ । उहाँले सामाजिक मर्यादा लाई कायम राख्छौं भन्नु पनि राम्रो कुरा भएको बताएका छन् । घटनाको आज घटनामा संलग्न, दलित अगुवा प्रहरी प्रशासनको रोहबरमा मिलापत्र गरिएको हो । मिला पत्र पछि दलित अगुवाहरुले जातिय आन्दोलनको अभियान सफल भएको र बुढीनन्दा सहज प्रवेशमा सहमति भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...