‘छोयला बजी’ खान सिद्धिपुरमा निम्तो (फोटोफिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

‘छोयला बजी’ खान सिद्धिपुरमा निम्तो (फोटोफिचर)

Share This
जनैपूर्णिमामा सिद्धिपुर सांस्कृतिक साँझ हुँने
बलराम प्यासी
२५ साउन । स्थानीय सिद्धिपुर गाविसका युवाहरुको संस्था ‘द प्रिज्म ग्रुप’ र अनलाईन पत्रिका ‘थसिदे डट कम’ को संयुक्त आयोजनामा यही भदौ ५ गते जनैपूर्णिमाको अवसरमा सिद्धिपुर (सानागाउँ) मा सिद्धिपुर सांस्कृतिक साँझ २०७० हुने भएको छ ।
सुन्दा नै मखबाट पानी आउने सिद्धिपुरको चर्चित छोयलाबजी (साँधेको मासुसंग चिउरा) खाँदै सांस्कृतिक कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै आयोजकले त्यहाँ उहाने सबै दर्शक तथा स्रोतालाई निःशुल्क प्रवेशको व्यवस्था गरेको बताएका छन् । सिद्धिपुर, ललितपुरको ग्वार्को चोकबाट ३ किलोमिटर पुर्वमा पर्छ ।

सिद्धिपुरको पहिचानको रुपमा रहेको परम्परागत नेवारी सम्पदा, संस्कृति तथा रितिरिवाजको संरक्षण र प्रवद्र्धन गर्दै त्यसलाई वर्तमान युवापींढीमा हस्तान्तरण गर्न सघाउने उद्धेश्यले सो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक रविन्द्र महर्जनले बताएका छन् । उनी सिद्धिपुरका युवा फोटोग्राफरको रुपमा परिचित छन् ।

पहिलोपल्ट आयोजना गर्न लागिएको सांस्कृतिक साँझमा विगत ३६ वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफ्नो कला प्रदर्शन गरिसकेका चर्चित कलाकार एवम् निलः सांस्कृतिक पुचः का संस्थापक तेजमान बज्राचार्यको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक रविन्द्र महर्जनले बताए । यसैगरि एकैपटक ६० वटा मादल बजाउने वाद्यवादक सुर्यनारायण महर्जनको प्रस्तुति , ख्यातिप्राप्त नृत्यकर्मी रोजिना बज्राचार्य र बालमुकुन्द प्रजापतिको नृत्य, इमेज च्यानल टिभिको समयबजी कार्यक्रमका हाँस्यकलाकार वागः दाई सुरेन्द्र मानन्धरको हाँस्यकार्यक्रम समावेश गरिएको छ ।

यसका साथै स्थानीय सांस्कृतिक बाजा खलःहरुको प्रस्तुति, धिमे नाच, लाखेनाच, बाँसुरीवादन तथा विविध नेवारी संस्कृति समावेश गरिएको कार्यक्रमका परिकल्पनाकार विनोद महर्जनले बताएका छन् ।

स्थानीय नेवारी संस्कृतिको संरक्षण गर्नु, स्थानीय कला संस्कृतिको संरक्षण गर्न लामोसमयदेखि सक्रिय रहेका गुरुहरुलाई सम्मान गर्नु, नयाँ पुस्तालाई संस्कृति सम्वद्र्धनप्रति चासो जगाई उनीहरुलाई प्रोत्साहन गर्नु र नेवारी संगितको मिठासलाई दर्शक र स्रोतासामु पुरयाई मनोरञ्जन दिनु सांस्कृतिक साँझको अर्को उद्धेश्य रहेको छ ।
जनैपूर्णिमाको दिनमा सर्वजनिक विदा हुने भएकोले कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति हुने आयोजकले अनुमान गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here