एसएलसी पूरक परीक्षाः नक्कली निरीक्षक र विद्यार्थी पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एसएलसी पूरक परीक्षाः नक्कली निरीक्षक र विद्यार्थी पक्राउ

Share This
२० साउन । महोत्तरीको बखरीभाठ परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
भाउजुको सट्टामा परीक्षा दिने गएका देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एसएलसीको पूरक परीक्षा अन्तर्गत आइतबारबाट शुरु भएको पहिलो दिनको अङ्ग्रेजी विषयमा भाउजु त्रिपतिदेवी मण्डलका ठाउँमा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका शिवशङ्कर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले बखरीभाठ उच्चमावि परीक्षा केन्द्रमा जाँचका क्रममा नक्कली विद्यार्थी मण्डललाई पक्राउ गरेको हो ।
परीक्षार्थी त्रिपतिदेवी घरमै रहेको तथा निजको प्रवेशपत्रमा देवर शिवशङ्करले आफ्नो फोटो टाँसी परीक्षा दिइरहेका थिए । सोनफी दसै उच्चमावि श्रीपुरबाट त्रिपतीदेवी परीक्षार्थी भई एक्जाम्टेडतर्फबाट फाराम भरेकी थिइन् । उनको सिम्बल नम्बर ०२११२९० एन छ ।

त्यस्तै नक्कली निरीक्षक सर्लाही जिल्ला सङ्ग्रामपुर–५ बस्ने रामपुकार महतोलाई कन्या माविबाट पक्राउ गरिएको छ । उनी आफूलाई रामनगर उच्चमाविका शिक्षक भनी निरीक्षक बनी बसेका थिए । पक्राउ परेका नक्कली परीक्षार्थी मण्डल र निरीक्षक महतोलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

त्यस्तै परीक्षा मर्यादाविपरीत कार्य गरेकामा जलेश्वरको कन्या माविबाट चार विद्यार्थी, एक निरीक्षक, लचमु माविबाट एक विद्यार्थी र एक निरीक्षक गरी ११ जनालाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here