३० साउन । ओखलढुङगाको हर्कपुर–ओखलढुंगा खण्डमा चल्ने सवारी साधनबाट जथाभावी रकम असुल्नेमाथि प्रशासनले कारवाही नगरेको भन्दै व्यवसायीहरुले सदरमुकाम बन्द गरेका छन् । उद्योग वाणिज्य संघको अगुवाइमा बजार बन्द भएको हो ।
व्यवसायीहरुले जिल्लाका स्थानीय गणेश माझिको अगुवाइमा सवारीसाधनबाट मनपरि रकम असुल्दै आएको बताएका छन् । माझीले लोड अनलोड शुल्कका नाममा मालबाहक ट्रकबाट प्रतिट्रक तीनसय र यात्रुबाहक बसबाट २ सय रुपैयाँ असुल्ने गरेको आरोप व्यवसायीहरुले लगाएका छन् ।
व्यवसायीको उजुरीपछि मंगलबार माझिले रकम असुल नगर्ने कागज गरेपनि कार्यन्वयन नगरेपछि आनदोलन गर्नुपरेको व्यवसायीहरुको भनाई छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सवारीसाधनले जथाभावी रकम असुलेको भन्दै ओखलढुंगा बन्द
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment