बर्डफ्लुको संक्रमण पुष्टि भएपछि काभ्रेको तीनवटा फर्मका कुखुरा नष्ट - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्डफ्लुको संक्रमण पुष्टि भएपछि काभ्रेको तीनवटा फर्मका कुखुरा नष्ट

Share This
२९ साउन । बर्डफ्लुको संक्रमण पुष्टि भएपछि काभ्रेको तीनवटा फर्मका ३२ हजार कुखुरा नष्ट गरिएको छ ।
भक्तपुरसँग सिमाना जोडिएको नासिकास्थान साँगा र उग्रतारा जनागाल गाविसका ३ फर्मका कुखुरा नष्ट गरिएको हो । नासिकास्थान–६ साँगामा रामहरी ढकालले संञ्चालन गरेको नेपाल ह्याचरी व्रिडिङ फार्म प्रालिमा १८ हजार, भगवान खत्रीको नासिकास्थान साँगँ २ र महेन्द्रज्योती ४ गाविसमा रहेको आशापुरी ह्याचारी उद्योगमा ९ हजार र ५ हजार गरी ३२ हजार कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक डा. हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल ह्याचरीमा रहेका केही कुखुरा मर्न थालेपछि आशंकामा प्रयोगशाला परीक्षण गरिएको थियो । जिल्ला पशु कार्यालयले बिहान चारबजे देखि नौ बजेसम्म र साँझ पाँच बजे देखि आठ बजेसम्म साँगामा बसेर परीक्षण गरेर मात्र आयातित कुखुरा, चल्ला, मासु, अण्डा, दाना लगायतभित्रिन दिने गरेको जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here