२७ साउन । विश्व नम्बर चार स्पेनी राफेल नाडाल र क्यानडाका मिलेस रावनिक जारी रोगर्स कप टेनिस प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन ।
गएराती भएको पुरुष एकलतर्फको सेमिफाइनल खेलमा स्पेनी राफेल नाडालले सर्बियाली नोभाक जोकोभिचलाई ६—४, ३—६ र ७—६ को प्रतिस्पर्धात्मक सेटमा पराजित गदै अन्तिम दुईको स्थान तय गरेका हुन् ।
खेलको पहिलो र अन्तिम सेटमा जित हात पारेका नाडाल खेलको दोस्रो सेटमा भने जोकोभिचसंग पराजित भएका थिए । त्यस्तै, गएराती नै भएको अर्को खेलमा क्यानडाका मिलेस रावनिकले आफ्नै देशका भासेक पोस्पिसिललाई ६—४, १—६ र ७—६ को सेटमा हराउदै फाइनलको यात्रा तय गरे ।
यता महिला एकलतर्फको खेलमा अमेरिकी सेरेना विलियम्सले पोल्याण्डकी अग्नेस्का राडवान्स्कालाई ७—६ र ६—४ को सेटमा तथा रोमानियाकी सोराना क्रिश्टियाले चिनकी लिनालाई ६—१ र ७—६ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेका छन । अब उपाधीका लागी अमेरिकी सेरेनाले रोमानियाकी क्रिश्टियाको सामना गर्नेछिन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment