रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिए सहयोग गर्दैनौं : बार एसोशिएसन

२५ साउन । नेपाल बार एसोशिएसनले खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा नदिएसम्म संविधानसभा निर्वाचनलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

बार अध्यक्ष हरिकृष्ण कार्कीले धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिएसम्म निर्वाचनमा सहयोग नगर्ने घोषणा गर्नुभएको हो ।

उहाले व्यवस्थापिका संसद नभएको बेला एउटै व्यक्ति कार्यपालिका र न्यायपालिकाको प्रमुख हुँदा न्यायालयमाथि हस्तक्षेप बढेको भन्दै निर्वाचनलाई सहयोग गर्नुको अर्थ नरहने बताउनुभयो । अध्यक्ष कार्कीले अघिल्लो संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलले निर्वाचनमा सहभागी नहुने भनिरहेको अवस्थामा जनतामा समेत मंसिर ४ को निर्वाचनप्रति विश्वास नभएको टिप्पणी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...