संघीय लोकतान्त्रिक मोर्चाका ४ वटा माग सम्बोधन गर्न उच्चस्तरीय समिति तयार

२९ साउन । उच्च स्तरिय राजनितिक समितिले उपेन्द्र यादव नेतृत्वको संघिय लोकतान्त्रीक मोर्चा नेपालको ६ बुदे माग मध्ये ४ वटा माग सम्बोधन गर्न तयार भएको छ ।

समितिको कार्यालय नयाँवानेश्वरमा मंगलबार भएको समिति र मोर्चाविचको वार्तामा मोर्चाले उठाएका ६ बुदे माग मध्ये ४ बुदालाई सम्बोधन गर्न समिति तयार भएको हो । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदवाट राजीनामा दिनु पर्ने र निर्वाचन क्षेत्रको संख्या बृद्धिको मागमा भने सहमति हुन सकेन् । मोर्चाले राखेको उच्चस्तरिय राजनितिक समिति खारेज, मतदाता नामावली संकलनको म्याद थप, समानुपातिक सिट संख्यामा बृद्धि र २५ बुँदे बाधा अड्काउ आदेशलाई परिमार्जन गर्न समिति तयार भएको छ ।

वार्तापछि मोर्चाका संयोजक एंव मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ता सकारात्मक भए पनि तार्किक निष्कर्षमा पुगेपछि मात्र चुनावमा जाने वा नजाने बारे निर्णय गर्ने प्रतिक्रिया दिनुभयो । समिति र मोर्चाबिच सहमति हुन नसकेका दुई बुँदामा सहमति गर्न पुनः भोली साँझ ५ बजे वार्ता हुंदैछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...