तोकिएकै समयमा चुनाव सम्पन्न हुने प्रचण्डको दाबी

२६ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मै चुनाव हुने दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ चुनाव गरेर बलियो सरकार र संविधान निर्माण गर्न मंसिर ४ मै चुनाव हुने दाबी गर्नुभएको हो । उहाँले चुनाव लोकतान्त्रिक तरिकाबाट गर्ने भन्दै कुनै हालतमा चुनाव नसर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले विघटित संविधानसभाबाट सिकेर आएको भन्दै आगामी संविधानसभाबाट जनताको लोकतान्त्रिक संविधान बनाउने बताउनुभयो । उहाँले १२ बँुदेमा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालापछि शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने जिम्मा आफनो काँधमा आएको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले दलहरुका बीचमा सहमति नभएर प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएकोले अर्को बिकल्प नभएको बताउनुभयो ।

उहाँले एकीकृत माओवादीका नेताहरु २ सय ४० निर्वाचन क्षेत्रमा चुनावी अभियान लिएर गइसकेको भन्दै क्रमशः चुनावी माहोल बन्दै गएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...