उच्चस्तरीय समिति खारेज गरिनुपर्ने थापाको भनाइ

३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति डाक्टर रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले हस्तक्षेप गरेर उच्चस्तरीय राजनितिक समिति खारेज गर्नुपर्ने बताउनुभएको छ ।

कतारको दोहामा भएको पार्टी जनसम्पर्क समितिको अधिवेशन सकी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष थापाले बैधानिक हैसियत नभएको समितिलाई खारेज गर्नुपर्ने बताउनु भएको हो । चारदलीय सिण्डिकेटका कारण आन्दोलनरत दलहरुसंगको वार्ताले सार्थकता पाउन नसकेको भन्दै अध्यक्ष थापाले समिति खारेज नगरेसम्म चुनावको माहौल नबन्ने जिकिर गर्नुभयो ।

अध्यक्ष थापाले संविधानसभाअघि नै संविधानका अन्तरबस्तुमा दलहरुविच व्यापक छलफल हुनुपर्ने भए पनि चार दलको हैकमवादी चरित्रका कारण छलफल नै हुन नसकेको आरोप लगाउनुभयो । चुनाव आउन तीन महिना मात्र बाँकी हुँदा पनि चुनावी वातावरण बन्न नसक्नु दुखद भएको भन्दै अध्यक्ष थापाले चार दलकै कारण चुनाव हुनेमा आशंका रहेको बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...