दार्चुलामा अन्तरजातीय विवाह गर्दा एक दम्पती दुई महिना यता विस्थापित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दार्चुलामा अन्तरजातीय विवाह गर्दा एक दम्पती दुई महिना यता विस्थापित

Share This
२८ साउन । अन्तरजातीय विवाह गरेका भन्दै माइती पक्षबाट धम्की आएपछि एक दम्पती दुई महिनायता विस्थापित भएका छन् ।
अमरगढी–५ डडेल्धुरा खलङ्गा–१को एक दम्पती दुई महिनादेखि विस्थापित भएको हुन् । माइती पक्षले घरमै आएर धम्की दिन थालेपछि गाउँमा बस्न सक्ने अवस्था नभएकाले विस्थापित हुनुपरेको उनीहरुको गुनासो छ । बीस वर्षीय प्रेम सिंजापति (सुनार) र उनकी पत्नी विस्थापित भएर अहिले छिमेकी दार्चुला खलङ्गाको फुपूको घरमा बस्दैआएका छन् । प्रेमले गत असार ५ गते छिमेकी जिल्ला डोटी मुरभडाँ गाविस उच्चकाटीकी सीमा पन्तसँग प्रेमविवाह गरेका थिए ।

“गत महिना असारमा ५ गते घरमा गएका थियौँ, माइतीको घरनजिकै छिमेकी जिल्ला भएकाले थाहा पाई मार्न आएपछि भागेर दार्चुला जिल्ला सदरमुकाम खलङ्गा फुपू लक्ष्मी सुनारको घरमा शरण लिएर बच्यौँ”–प्रेमले भन्नुभयो । सीमाका मामाघर पनि अमरगढी–३ एउटै नजिकै ठाउँमा भएकाले बस्न समस्या भएको उनको भनाइ छ ।

अन्तरजातीय विवाह गरेका कारण विस्थापित हुँदा पनि सम्बन्धित निकायले अहिलेसम्म समस्या समाधान तथा विस्थापित प्रयास गर्ने सासू शान्तिलाई कुनै कानुनी कारबाही नगरेको उनले गुनासो गरे । “एक पटक र दलित महिला सङ्घले डडेल्धुराले समस्या समाधानबारे कुरा उठायो तर बीचैमा सेलाउँदा दुःख लागेको छ”– उनले भने ।

आफू जन्मेको ठाउँ छाड्न मन नलागे पनि बाध्य भएर छाड्नुपरेको उनले बताए । सुदूरपश्चिममा “जातीय छुवाछूतको भेदभाव अहिलेसम्म यथावत् रहेकाले समस्यामा छु”– उनले बताए । सके दसैँमा घर जाने भने पनि घरपरिवारले अहिले नआउने भनेका छन्, घर जान मन लागिरहेको छ, तर मामा ससुरालीका कारण मौन भएर बस्नुपरेको पीडा उनले सुनाए । “हामीले कुनै पाप गरेका थिएनौँ, प्रेमविवाह गरेका हौँ, सबै मानिस एकै हुन्, काटेपछि सबैको शरीरबाट रातो रगत आउँछ, तर पनि किन भेदभाव गरिन्छ रु”–प्रेमकी पत्नी सीमाले रासससँग भनिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here