मध्यरातमा गएको भुइचालोले काठमाडौँबासी त्रसित

१५ भदौ । काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भुइँचालोको झट्का महसुस गरियो ।

दोलखाबाट झण्डै सय किलोमिटर उत्तर पर्ने तिब्बती क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुइँचालो गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको झट्का जिरी, दोलखा हुँदै काठमाडौं उपत्यकासम्म महसुस गरिएको थियो । एक मिनेटको अन्तरलामा भुइँचालो जाँदा सर्वसाधारण आतंकित हुँदै सडकमा निस्किएका थिए । भुइँचालोले पु¥याएको क्षतिबारे विवरण आएका छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...