उपचारको अभावमा जीवन मरणको दोसाँधमा गर्भवति महिला (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

उपचारको अभावमा जीवन मरणको दोसाँधमा गर्भवति महिला (फोटो फिचर)

Share This
२० साउन । मुगु जिल्लास्थित रारा अस्पतालमा एक गर्भवती महिला उपचारको अभावमा जीवनमरणको दोसाँधमा पुगेकी छन् ।
रोवा गाविस वडा नं ७ की ३५ बर्षीय लक्षिमा वुढाको गर्भमै पाँच महिनाको शिशुको मृत्यु भएपछि उपचारका लागि जिल्ला अस्पताल गमगढी पुगेकी थिइन् । तर अस्पतालमा डाक्टर नभएपछि उनका श्रीमानले जिल्लाकै निजी रारा अस्पतालमा पु¥याएका थिए ।

४ दिन देखि अस्पतालमा उपाररत लक्षिमाको शरीरमा रगतको कमी भएपछि दुर्गा भन्जन गुल्म हुटुका तीन जना सेनाले रगत दान गरेका गरे । रगत दान गरिए पनि मृत्यु संग लडिरहेकी वुढाको अझै उपचार हुन सकेको छैन । अस्पतालमा सल्यक्रियाका सामाग्री नहुँदा विरामीको उपचारकालागि अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान परामर्श दिए ।

गर्भको मृत्यु भएको शिशुलाई निकाल्नको लागी अस्पलाले सुत्केरी व्यथाको औषधी दिए पनि कुनै उपचार हुन सकेको छैन । अचेत अवस्थामा रहेकी लक्षिमाको अवस्था झन चिन्ताजनक बन्दै गएपचि रारा अस्पतालका डाक्टर किशोर सुविधासम्पन्न अस्पचालमा लैजान विरामीको आफन्तजनलाई परामर्श दिनुभयो ।

जिल्ला अस्पताल मुगुमा पनि विगत २ महिना यता अस्पातलमा डाक्टर नहुँनु र शल्यक्रिकाय सामाग्रही नहुँदा थप समस्या परेको हो । विरामी महिलाका श्रीमान धर्मराज वुढाले श्रीमतीको उपचारकालागि नेपागञ्ज ल्याउने तयारी गरेपनि मौसममा आएको खराबीका कारण जिल्लाको एक मात्र यातायतको साधन हवाई यातायाले उडान भर्न सकेको छैन । हेलिकोप्टर मगाउनलाई आर्थिक अवस्था कमजोर भएको दुःखेसो पोखे ।


No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here