उद्घाटन खेलमा नेपाल विजयी, बंगलादेश २–० गोल अन्तरले पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

उद्घाटन खेलमा नेपाल विजयी, बंगलादेश २–० गोल अन्तरले पराजित

Share This
१५ भदौ । आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको उदघाट्न खेलमा घरेलु टोली नेपालले एक पटकको च्याम्पियन बंगलादेशलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेल सुरु भएको १८ औ मिनेटमा नेपालका लागी अनिल गुरुङले हेड मार्फत पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । गुरुङले भोला नाथ सिल्वालको पासमा गोल गरेका थिए । खेलको २२ औ मिनेटमा बिराज महर्जनले दिएको पासलाई अनिल गुरुङले सदुपयोग गर्न सकेनन् । त्यस्तै, खेलको ३१ औ मिनेटमा भरत खबासले अर्को गोल गरे । खबासले जगजित श्रेष्ठले कर्नरबाट दिएको बललाई सदुपयोग गदै गोल गरेका थिए । अनिल र खबासले अन्तराष्ट्रिय फुटबलमा समान आठ—आठ गोल गर्न सफल भएका हुन् । खेलको पहिलो हाफसम्म दुई—शुन्य गोल अन्तरले अगाडी रहेको नेपाली टोली दोस्रो हाफमा बंगलादेश विरुद्ध हाबी देखिएको थियो । राजु तामाङको स्थानमा मैदानमा प्रवेश गरेका फर्वाड जुमानु राईले खेलको ८३ औ मिनेटमा गोल गर्ने मौका चुकाएका थिए । त्यसपछि खेलमा थप गोल भएन र खेल नेपालले दुई—शुन्य गोल अन्तरले जित्यो । खेलका दौरान बंगलादेशका तिन खेलाडीले पहिलो कार्ड खाएका थिए । प्रतियोगितामा नेपालका भरत खबास म्यान अफ दी म्याच चुनिए । यसैविच, बंगलादेशविरुद्धको खेलमा प्रकाश बुढाथोकीले डेब्यू गरेका छन् । बुढाथोकी खेलको ६३ औं मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेका थिए । बंगलादेशविरुद्धको खेलमा सबै टिकट बिक्री भएको छ । साधारण्ँतर्फ ४४ लाख र विशिष्ट प्याराफिटतर्फ १६ हजार गरी करिव ६० लाखको टिकट बिक्री भएको एन्फाले जनाएको छ । जितपछि नेपालले महत्वपुर्ण ३ अंक हात पारेको छ । अब नेपालले समुह चरणको दोस्रो खेलमा मंगलबार पाकिस्तान सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली समुह एको अर्को खेलमा ६ पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ । भाद्र २५ गतेसम्म चल्ने यो प्रतियोगितामा दक्षिण एसियाका आठ राष्ट्रिय टोलीको सहभागिता रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here