३१ साउन । बर्डफ्लु नियन्त्रण गर्न बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेलगतै भक्तपुरका कुखुरा व्यवसायीले क्षतिपूर्ति नबढाए कुखुराजन्य पदार्थ नष्ट गर्न नदिने धम्की दिएका छन् ।
सरकारले क्षतिपूर्तिबापत उपलब्ध गराएको रकम न्यून भएको भन्दै उनीहरुले कुखुराजन्य पदार्थ नष्ट गर्न नदिने चेतावनी दिएका हुन् । व्यवसायीले कुखुराको नाममा किसान मार्न नपाइने भन्दै प्रशासन कार्यालय भक्तपुरमा धर्ना समेत दिएका छन् । उनीहरूले सरकारको कमजोरीकै कारण भक्तपुरमा बर्डफ्लु फैलिएको र नियन्त्रणमा व्यवसायीले देखाएको सदासयतालाई नबुझी सरकारले दुःख दिएको आरोप लगाए ।
व्यवसायीले क्षतिपूर्तिको रकम नबढाएसम्म र सुलीको क्षती उपलब्ध नगराएसम्म कुनै पनि स्थानका कुखुरा नष्ट गर्न नदिने धम्की दिएपनि भक्तपुरका दश स्थानमा कुखुरा नष्ट गर्न सरकारले टोली खटाई सकेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै भक्तपुरका व्यवसायी आन्दोलित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment