युवा दिवसमा एसओएसको सहभागिता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

युवा दिवसमा एसओएसको सहभागिता

Share This
२९ साउन । १२ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रममा एसओएस युवालयमा रहेका युवाहरुको सहभागिता रहेको थियो ।
युवा तथाखेलकुद मन्त्रालयद्धारा राजधानीमा आयोजित मुल समारोहमा पहिलोपटक एसओएस मुलुकभरी रहेका ५ वटा युवालयका १२० युवाहरुको सहभागिता थियो ।

एसओएस वालग्राम सानोठिमीका निर्देशक खगेन्द्र नेपालको नेतृत्वमा एसओएस वालग्राम नेपालका सुष्मा पोखरेल, कोटेश्वर युवालयका निर्देशक कविन्द्र शाहका साथै काभ्रे, कोटेश्वर, पोखरा, जोरपाटी र नेपालगन्जको युवालयका युवाहरु एकै पोशाकमा सहभागी भएका थिए । वालग्राममा हुर्केर एसएलसी उतिर्ण गरेपछि उनीहरु युवालयमा बस्दै आएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here