तोकिएकै समयमा चुनाव गराउन सरकार दृढ छः खेलकुदमन्त्री श्रेष्ठ

२६ साउन । युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले तोकिएकै समयमा चुनाव गराउन सरकार दृढ रहेको बताउनुभएको छ ।

अन्तराष्ट्रिय युवा दिवशको सन्र्दभमा शनिबार काठमाडौमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले वर्तमान सरकार चुनाव सम्पन्न गर्ने प्रयोजनकोलागी गठन भएकाले सरकार चुनाव केन्द्रित भएको बताउनुभएको हो । उहाँले राज्य पुर्नसंरचना, शासकिय स्वरुप लगायतका विषय संविधानसभावाटै टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । मन्त्री श्रेष्ठले युवाका समस्या समाधान गर्न सम्पुर्ण पार्टीहरुले एउटै धारणा बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले देशमा राजनितिक परिर्वतनको अध्याय समाप्त भएकोले युवाहरु सामाजिक र आर्थीक परिर्वतनमा लाग्नुपर्ने धारणा राख्नुभयो । वाइसिएलका अध्यक्ष गणेशमान पुनले राजनितिक परिर्वतनमा अहम् भुमिका खेलेका युवाहरुले आर्थिक विकासमा नलागेसम्म गणतन्त्र संस्थागत हुन नसक्ने बताउनुभयो । कार्यक्रममा साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत चरणकुमार शर्माले नेपाली युवाहरुमा अझै दक्षताको कमी रहेको औल्याउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...