पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध

२७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि विद्यार्थी संगठनहरुले आइतबार विहानैबाट विरोध गरेका छन् ।

नेपाली विद्यार्थी संघले मूल्य बृद्धि फिर्ताको माग गर्दै दवावमूलक अभियान सुरु गर्ने भएको छ । जनताको जनजीवनलाई असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलमा दुई रुपैयाँ डिजेल र मट्टितेलमा १ रुपैयाँ बढाएको छ । यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...