प्रहरीको घरमा काम गर्न बसेकाी बालिकालाई निर्मम यातना - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीको घरमा काम गर्न बसेकाी बालिकालाई निर्मम यातना

Share This
८ भदौ । बाल हिंसाका घटना बढिरहेका बेला काठमाडौंको बसुन्धरामा एक प्रहरीको घरमा काम गर्न बसेकी ११ वर्षीया बालिका कुटिएकी छिन् ।
चक्रपथ सामुदायिक प्रहरीमा कार्यरत् हवल्दार शारदा लामाले आफ्नै घरमा काम गर्न राखेकी ११ वर्षीया लक्ष्मी लामालाई निर्घात कुटपिट गरेकी हुन् । शारदा लामाको कुटाइबाट बालिकाको हात, खुट्टा सुन्निएको छ भने छातीमा चोट लागेको छ । क्युपेक नेपाल र सिबिकको प्रयासमा बालिकाको उद्धार गरी कान्ति बाल अस्पतालमा भर्ना गरिएपछि घटना बाहिर आएको हो । पीडक लामामाथि बालशोषणको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिएको छ ।

छिमेकीका अनुसार खाना बढी खाएको, काम बिगारेको निहँुमा लामाले लामो समयदेखि बालिकामाथि कुटपिट गर्दै आएकी थिइन् । पीडक लामाले दुई वर्षअघि काममा लगाउँदै पढाइदिने भन्दै आफ्ना बुबालाई भनेको भएपनि अहिलेसम्म स्कुल भर्ना नगरेको बालिकाले बताएकी छिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here