आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउने शीर्षदलको प्रयास असफल - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउने शीर्षदलको प्रयास असफल

Share This
बैद्यको अडान यथावत
२६ साउन । असन्तुष्ट ३३ लाई सहमतिमा ल्याउने योजना सहित शीर्ष दलका नेताहरु दर्जनौ पटक छुट्टा छुट्टै भेट वार्तामा पनि जुटे । दुई चार वटा संयुक्त बैठकमा पनि बसे तर सहमति जुट्न सकेको छैन । चुनावमा जानका लागि ३३ दलले राखेको अडान उच्चस्तरिय राजनीतिक समितिमा रहेका नेताहरुका लागि फलामको च्युरा बनिरहेको छ ।
विपक्षी दललाई समेत सहमतिमा ल्याएर संविधान सभाको दोश्रो चुनाव गर्ने शिर्ष दलहरुको प्रयास अन्ततः असफल भएको छ । विपक्षीका सबै माग पुरा गर्न नसक्ने उच्च स्तरिय राजनीतिक समितिमा रहेका दलका नेताहरुको भनाई र माग पुरा नभए चुनाव बिथोल्ने मात्रै नभई आन्दोलनको मोर्चामा समेत जान सक्ने नेकपा माओवादी अध्यक्ष मोहन बैद्यको चेतावनीको भाषाले शुक्रबार सम्म सहमति जुटाउन चार दलको सहमतिको प्रयास विफल भएको हो ।

नेकपा माओवादीको ३३ दलिय मोर्चालाई सजिलै मनाउने प्रपंच रचेका उच्चस्तरीय राजनीतिक समितिका नेताहरुलाई नै हार्ड लाईनर बैद्यले गल्ती स्वीकार गररे पुरानै बाटोमा फर्कन सुझाब दिएका छन । सामान्य तरिकाले सहमतिमा ल्याउने योजना सहित शिर्ष दलका शिर्ष नेताहरु दर्जनौ पटक छुट्टा छुट्टै भेट वार्तामा पनि जुटे, २,४ वटा संयुक्त बैठकमा पनि बसे तर सहमति जुट्न सकेन । माओवादी सहितको ३३ दलले त २५ बुदे र ११ बुदे सहमति असंबैधानिक भएको भन्दै खारेजी गर्नु पर्ने पुरानै मागलाई सहमतिको पहिलो सर्त बनायो ।

३३ दलको यो अडान उच्चस्तरिय राजनीतिक समितिमा रहेका नेताहरुका लागि फलामको च्युरा बन्यो । र उनीहरु आफै सहमतिको प्रयासबाट भाग्न थाले । आखिर आफैले गरेको गल्ति सच्याउछु भनेर स्वीकारुन पनि कसरी । मोहन बैद्य समूहको अडानपुर्ण हठले चुनावको माहौललाई धक्का दिएको छ । यो समूह सर्त सहितको सहमति मान्न तयार देखिएको छैन् । आफ्ना मागलाई पुर्ण रुपमा कार्यान्वयन गर्न दबाबको भाषा बोलिरहेको छ ।

३३ दलको दबाबपूर्ण मागलाई राजनीतिक समितिमा रहेका नेताहरुले सामान्य रुपमा अथ्र्याएका छन् । र फेरी उस्तै भाषा दोहो¥याउन थालेका छन्, बाहिरै राखेर चुनाव सम्पन्न हुन्छ । एउटा समूह आफ्नो मागको सत प्रतिशत कार्यान्वयन खोजिरहेको छ । अर्को समूह विगतका सबै प्रयास ठिक भएको भन्दै निशर्त चुनावमा आउन भनिरहेको छ । यो दोहोरो अडानले पनि सहमतिको प्रयास र चुनावी प्रक्रिया जटिल बन्दै गएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here