कक्षामा नियमित उपस्थित भएर सम्मानित भइन् ६७ बर्षीया वृद्धा (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कक्षामा नियमित उपस्थित भएर सम्मानित भइन् ६७ बर्षीया वृद्धा (फोटो फिचर)

Share This
१९ साउन । मानवअधिकार शिक्षा तथा सूचना केन्द्र काभ्रेले जैशिथोक गाविसमा संचालन गरिएको साक्षरता कक्षाको समापन गरेको छ ।
नेपाल सरकारको ‘साक्षर नेपाल अभियान’ अन्र्तगत जिल्ला शिक्षा कार्यालय काभ्रेले जिल्लामा १० वटा केन्द्र बनाई साक्षरता कक्षा संचालन गरेको थियो ।
गएको तिन महिना सञ्चालन भएको साक्षरता कक्षामा २ सय ५३ जना साक्षर भएको शुक्रवार आयोजित एक कार्यक्रका सहभागीले बताए ।

मानवअधिकार शिक्षा तथा सूचना केन्द्रका अध्यक्ष भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय काभ्रेका उपसचिव मधुसूदन अधिकारीले जिल्लाका सबै गाविसमा क्रमशः साक्षरता कक्षा सञ्चालन गर्ने बताउनुभयो ।

साक्षरता कक्षा समापन कार्यक्रममा कक्षा सञ्चालनको अवधिमा नियमित रुपमा कक्षामा सहभागि हुँदै आएकी स्थानीय ६७ वर्षीया बृद्धा बालकुमारी अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाविस सचिव हरिप्रसाद पन्त र चण्डेनी मावि जैशिथोकका प्रधानाध्यापक विनोद अधिकारीले साक्षर नेपाल अभियानका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।

साक्षरता कक्षामा सबैभन्दा बढी जनजाति र बाहुन–क्षेत्री समुदायबाट सहभागिता भएको पाइयो । २०६९ चैत्र २७ गतेदेखी २०७० असार २७ गतेसम्म साक्षरता कक्षा सञ्चालन भएको थियो । काभ्रे जिल्लाका २३ गाविस र २ नगरपालिकामा साक्षरता कार्यक्रम सञ्चालन भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here