कुवेतसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको शानदार जीत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कुवेतसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको शानदार जीत

Share This
३ भदौ । विमल घर्ती मगरले ह्याट्रिक गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा कुवेतको अल अरबी एससीलाई ८–२ गोल अन्तरले पराजीत गरेका छ ।
मैदानमा पूरा समय बिताउने क्रममा विमलले खेलको सातौ मिनेटमा टोलीका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले ६८ औँ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । गतवर्ष राष्ट्रिय टोलीमा डेब्यू गरेका विमल हालै सम्पन्न साफ–१६ च्याम्पियनसिप फुटबलका सर्वाधिक गोलकर्ता हुन् ।

आइतबार भएको खेलमा सन्तोष साहुखलले २ गोल गरे । त्यस्तै विजय गुरुङ, टेकबहादुर बुढाथोकी र निराजन खड्काले एक–एक गोल गरे ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here