सुनको भाउ आज ह्वात्तै बढ्यो

२९ साउन । सुनचाँदीको भाउ लगातार उकालो लाग्न थालेको छ ।

सुनको मूल्य तोलमा मंगलबार ७ सय ५० रुपैयाँले बृद्धि भई ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ तोलामा ५३ हजार ५ सय ५० रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि बढेर तोलामा ८ सय ९० रुपैयाँ पुगेको छ । सोमबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...