बैद्यबाहेकका अन्य दलसँग दुई दिनभित्र सहमति हुन्छः प्रचण्ड

२७ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत दलहरुमध्येका बद्यबाहेकका अन्य दलहरू दुई दिनभित्रै सहमति हुने दाबी गर्नुभएको छ ।


एमाओवादी भक्तपुरले आइतबार मध्यपुरथिमिमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले माओवादीका मोहन वैद्यबाहेक अन्य दल दुई दिनभित्र निर्वाचनमा जानका लागि सहमत हुने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो सङ्घीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपालसँग शनिबार बिहान छलफल गरेको छौँ, छलफलमा दुवै पार्टी निर्वाचनमा आउन तयार छन् उनीहरूसँग अबको दुई दिनभित्र निर्वाचनमा आउने सहमति हुने निश्चित भएको छ ।”

त्यसतै कार्यक्रममा प्रचण्डले वैद्यसँग सहकार्यका लागि छलफल भइरहेको जानकारी दिदै समझदारी गरेर फेरि एकै ठाउँमा आउनेबारेमा छलफल भईरहेको बताउनुभयो ।
निर्वाचनले मात्र अहिलेको अन्योलपूर्ण राजनीतिको निकास भएको उल्लेख गर्दै उहाले निर्वाचनदेखि डराउने शक्ति जनताबाट बढारिनेछन् भन्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...