१७ साउन । स्थानिय निकाय स्वायत्त शासन नियमावली २०५६ अनुरुप गरिएको मुल्यांकनमा बुटवल नगरपालीका प्रथम भएको छ ।
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयद्धारा गरिएको न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको नतिजामा नेपालका सम्पुर्ण नगरपालीका मध्येबाट बुटवल नगरपालीका उत्कृष्ठ भएको हो ।
स्थानिय निकायको मुल्यांकन र कार्यबिधिहरु बमोजिम बिभिन्न ४० वटा बिषयमा गरिएको मुल्यांकनमा बुटवल नगरपालीकाले कुल १०० पुर्णाङ्कमा ९१ अङ्क ल्याउन सफल भएको थियो ।
नगरको बिकास र ब्यबस्थानमा उत्कृष्ठताका लागि न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको यो परिणाम सँगै अब बुटवल नगरपालीकाले चालु आ.व.मा थप २५% अनुदान प्राप्त गर्ने छ ।
स्थानिय निकायको जनसंख्या बिकासको स्तर, राजश्व परिचालन गर्ने योग्यता र क्षमता, आय ब्ययको नियमित अभिलेख, लेखा परिक्षण, आर्थिक अनुसाशन, सरसफाइ र ब्यबस्थापन लगाएतका सुचकहरुका आधारमा मुल्यांकन गरिएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

न्यूनतम शर्त तथा कार्य सम्पादनमा बुटवल नगरपालिका उत्कृष्ट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment