बर्डफ्लु नियन्त्रणका लागि सरकारले विशेष अभियान थाल्दै

३० साउन । लामो समयदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा फैलिएको बर्ड फ्लु संक्रमण नियन्त्रणका लागि सरकारले बुधबारबाट विषेश अभियान शुरु गेर्न भएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा बर्डफ्लु भएको पुष्टि भएपछि बर्डफ्लु नियन्त्रणका लागि सरकार विशेष योजनाका थाल्न लागेको हो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा.नारायण घिमिरेले बर्ड फ्लु नियन्त्रणको प्रयास असफल भएपछि सरकारले फेरि अर्को अभियान सञ्चालन गर्ने तयारी गरेको बताएका हुन् ।

सरकारले बर्ड फ्लु नियन्त्रणका लागि बर्ड फ्लु संक्रमण देखिएका फर्महरुका कुखुरा नष्ट गर्ने, उपत्यकाका नाकाहरुमा चेकजाँचमा कडाई गर्ने लगायत अभियान सञ्चालन गरेपनि संक्रमण नियन्त्रणमा आएको छैन।

व्यवसायीहरुले भने बर्ड फ्लु नियन्त्रणका लागि सरकारले चालेको अभियान प्रभावकारी नभएको गुनासो गरेका छन् । करिब ५० अर्ब लगानी रहेको व्यवसाय धरासायी हुँदा पनि सरकार जिम्मेवार बन्न नसकेको उनीहरुको गुनासो छ ।

बर्ड फ्लुका कारण दैनिक करोडौं रुपैयाँ घाटा भएको व्यवसायीले जनाएका छन् । उनीहरुले व्यवसायीको लगानी संरक्षण गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

स्वास्थ्य अधिकारकर्मीले पनि सरकाले बर्ड फ्लु नियन्त्रणका लागि अपनाएको कदम टालटुले भएको टिप्पणी गरे । बर्ड फ्लु लागेका कुखुरा मार्दैमा संक्रमण नियन्त्रणमा आउन नसक्ने उनीहरुको भनाई छ ।

पछिल्लो पटक मात्रै बर्ड फ्लु संक्रमणका कारण उपत्यकामा मात्रै साढें दुई लाख कुखुरा मारिएको छ । सरकारले बर्ड फ्लुको संक्रमण भएका आसपासका क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा नगरेका कारण संक्रमण फैलिने खतरा बढ्दै गएको व्यवसायीको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...