सडक निर्माणकार्य थाल्न माग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सडक निर्माणकार्य थाल्न माग

Share This
२४ साउन । सरोकारवालाले काठमाडौको जहरसिंह–फट्केश्वर सडक बनाउने काम तत्काल थाल्न माग गरेका छन् ।
विहीबार जिल्ला विकास समिति काठमाडौमा ज्ञापनपत्र बुझाउँदै सडक प्रभावितहरुले जिविस काठमाडौले सडक निर्माण बिचमै छोडेको बताए ।
उनीहरुले ठेकेदार कम्पनीले १८ महिनामा १३ दशमलव ५ किमी सडक निर्माणको काम सक्नुपर्ने भएपनि ८ किमी मात्र सकेको र निर्माण भएको सडकको पिच पनि उप्किएको बताए ।

स्थानिय स्तरबाट सहयोग हुँदाहुँदै पनि निर्माण कार्य समयमा पुरा नगरी अलपत्र अबस्थामा छोड्नु गैरजिम्मेवार भएको भन्दै तत्काल निर्माण कार्य थाल्न माग गरेका छन् । सरकारले ३ बर्षअघि काठमाडौ मेलम्ची सडक सुरुवात गरेपनि ठेकेदार कम्पनीले समयमा निर्माण कार्य पुरा हुन सकेको छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here