नदीले बगाएर ६ जना तीर्थयात्रीको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नदीले बगाएर ६ जना तीर्थयात्रीको मृत्यु

Share This
२१ साउन । सिन्धुलीको हत्तपतेस्थित अवस्थित मधुगंगा महादेवको दर्शनकालागि कमलादी नदी तर्दै गरेका ६ जना तीर्थयात्रीहरुको मृत्यु भएको छ ।
सोमबार बिहान नदी पार गर्ने क्रममा नदीले बगाएका ३ जना अझै फेला परेका छैनन् । हत्तपतेको गागन भन्ने स्थान नजिकैबाट नदी पार गर्दा बगेका ६ जना तीर्थयात्रीहरुको शव सय मीटर तल फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । यस घटनामा मृत्यु भएका सर्लाही बलवाका ४० बर्षिय रामपरिदेमबाहेक अन्य ५ जनाको नाम खुल्न सकेको छैन् ।

उनीहरु सर्लाही र भारतको सुरण्ड निवासी रहेको जनाइएको छ । स्थानीयले नदी पार गर्ने क्रममा बग्दै गरेका १३ जनाको सकुशल उद्धार गरेका छन् । घट्नापछि प्रहरीले नदी वारपार गर्न रोक लगाएको छ । घट्नास्थलमा प्रहरी र नेपाली सेनाको उद्धार टोली परिचालन गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here